प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : ओमप्रकाश अर्याल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : ओमप्रकाश अर्याल


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् ।

राजीनामा बाहेक अन्य विकल्प नभएको अधिवक्ता अर्यालको भनाइ छ ।

सर्वोच्च अदालत परिसरमा आजमंगलबार तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।

यसै गरी अधिवक्ता बालकृष्ण ढकालले प्रधानन्यायाधीश जबरा जति समय पदमा बस्यो, न्यायपालिका त्यति नै क्षयीकरण हुने बताए ।

उनले भने , ‘तपाईँ जति समय बस्ने हो, न्यायपालिका त्यति क्षयीकरण हुने हो । चाँडोभन्दा चाँडो निकास निकाल्नुस् । सम्मानित तरिकाले बहिर्गमित हुनुस् ।’ राजीनामा नदिए सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सक्ने उनले चेतावनी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस