आज पनि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहर्ने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आज पनि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहर्ने


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतमा आज (मंगलबार) पनि बन्दीप्रत्यक्षीकरण बाहेक अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकेका छन् ।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् ।

आज प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस