प्रदेश-१ को मुख्यमन्त्री राजेन्द्र राईलाई बनाउन सांसदको हस्ताक्षर सङ्कलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश-१ को मुख्यमन्त्री राजेन्द्र राईलाई बनाउन सांसदको हस्ताक्षर सङ्कलन


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले आज संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर सङ्कलन थालेका हुन्।

सम्बन्धित समाचार : प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिन्छन् । आजै दाबी पेस गर्न हस्ताक्षर सङ्कलन भएको गठबन्धनका नेताहरूले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस