बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै ,मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे निश्चित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै ,मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे निश्चित


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

पाण्डेले हिजो (बुधबार) नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ ।

बागमती प्रदेशमा आज नै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस