नेपालमा लगानी बढाउन फ्रान्ससँग अर्थमन्त्री शर्माको आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा लगानी बढाउन फ्रान्ससँग अर्थमन्त्री शर्माको आह्वान


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी बढाउन फ्रान्ससँग आह्वान गरेका छन् ।

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओसँगको भेटमा अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् ।

सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसका लागि सहजीकरण गरिदिन राजदूतसँग आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस