प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास सिंहदरवारमा आज (सोमबार) अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ ।

सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेन्डा रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस