सरकार र विप्लव नेतृत्वको नेकपाबिच वार्ता « प्रशासन
Logo २३ मंसिर २०७८, बिहिबार
   

सरकार र विप्लव नेतृत्वको नेकपाबिच वार्ता


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबिच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा हिजो (आइतबार) भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबिच विसं २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।

भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाइ गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागिता रहेको थियो ।

भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायाधिवक्ता खातीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस