गृहले प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहले प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्दै


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।

आज (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाँणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस