बझाङ पुगे प्रधानमन्त्री देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बझाङ पुगे प्रधानमन्त्री देउवा


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) बझाङ पुगेका छन् ।

गृह प्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमतिर लागेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिम गएका उनी यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार : प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न सुदूरपश्चिम जाँदै

सम्बन्धित समाचार : बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवाको टोली निस्कियो ,यस्तो छ भ्रमण तालिका

Tags :
प्रतिक्रिया दिनुहोस