धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

हिजो (मंगलबार) राति खसेको पहिरोमा ६ जना घाइते छन् ।

मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ रहेको जनाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये उषा, सञ्जाल र लीलाको अवस्था चिन्ताजनक छ ।

घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैँको टीका लगाउन आएका हुन् ।

घाइतेको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकसमेत क्षतिग्रस्त भएर यातायात बन्द हुँदा घाइतेलाई उपचारका लागि अन्यत्र लैजान सकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस