सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा विरोध प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा विरोध प्रदर्शन


२४ आश्विन २०७८, आइतबार


इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् ।

इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुले पनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन ।

मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन् । बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरी कार्यालय अगाडि नै टायर बालेका छन् । सुनसरीका भित्री गाउँहरुबाट समेत मानिसहरु यतिखेर इनरुवा भित्रने क्रम जारी छ ।

प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मृतकका आफन्तहरुले छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस