एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । निजी क्षेत्रका तीन ठूला संगठनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् ।

नेपालमा विद्युत प्रशारण लाइन र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले ५५ अर्ब रुपैयाँ दिने गरी सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सम्झौता भएको थियो । उक्त सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन शुरु हुन सकेको छैन

Tags :
प्रतिक्रिया दिनुहोस