यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सरकारले मंगलवार(आज) बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् ।

आज बसेको बैठकले सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपीचन्द भट्टराइलाई तोक्ने निर्णय गरेको छ।

यसैगरी ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरिएको छ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै

साथै सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै यही असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशहरुको कमोरेटिभ हाइलेभल मिटिङमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने पनि सरकारको निर्णय छ।

Tags :
प्रतिक्रिया दिनुहोस