मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमै बस्ने भएको छ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति समेत भएको छ ।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो।

बालुवाटार स्रोतका अनुसार सके आजै नभए बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस