सरकारी गाडीको विवरण माग्यो अर्थ मन्त्रालयले « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी गाडीको विवरण माग्यो अर्थ मन्त्रालयले


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ ।

संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको बताए ।

अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । ‘सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग अहिले पनि आइरहन्छ, त्यसैले मैले सरकारी गाडीको लिस्ट मागेको छु,’ उनले भने ।

नेपाल सरकारलाई कति गाडी चाहिने र त्यस अनुसार उपलब्ध भए–नभएको निश्चित भएपछि मात्र आवश्यकता देखिएमा नयाँ गाडी किन्ने शर्माको भनाइ छ । ‘गाडी चाहियो भन्छन् । कति चाहिने हो, त्यो रेकर्ड चाहियो, रेकर्ड कतै भेटिँदैन, किन्दै जाने, कहाँ चलाइरहेको छ, थाहा नहुने ?’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस