३३ किलो सुन तस्करी गोरेलाई जन्मकैदको सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३३ किलो सुन तस्करी गोरेलाई जन्मकैदको सजाय


१९ आश्विन २०७८, मंगलबार


Police

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

उनीहरु बाहेक अरु सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरेसहित ६ जनालाई दोषी ठहर गरेको छ ।

तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको हो ।

गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो ।

सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।

यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस