योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा


८ आश्विन २०७८, शुक्रबार


गोदावरी । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरवहादुर साउदले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामापत्र पठाएको बताए ।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।

साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस