रामेछाप मन्थलीमा जिप खस्दा तीन जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रामेछाप मन्थलीमा जिप खस्दा तीन जनाको मृत्यु


३१ भाद्र २०७८, बिहिबार


रामेछाप । काठमाडौँबाट ओखलढुङ्गाको खिजी जाँदै गरेको यात्रुवाहक जिप आज (बिहीबार) बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस