५ सय ३४ जनाको कैद मिनाह गर्न सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ सय ३४ जनाको कैद मिनाह गर्न सिफारिस


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ। पाँच सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको प्रशासन गृह स्रोतले जनाएको छ ।

मन्त्रालयले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको पनि स्रोतले जनाएको छ । राष्ट्रपतिबाट स्वीकृती आएपछि आममाफीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् मा प्रस्ताव पेस गर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस