वी पी प्रतिष्ठान छानविन समितिका संयोजक अर्यालले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वी पी प्रतिष्ठान छानविन समितिका संयोजक अर्यालले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोधको समस्या पहिचान र छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित ८ सदस्यीय कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।

समितिमा अर्यालसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिवहरू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एघारौँ तहका अधिकृत, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक र प्रतिष्ठानका सञ्चालक परिषद् सदस्य रहने गरी असार ३१ गते सरकारले कार्यदल गठन गरेको थियो ।

सम्बन्धित समाचार : बिपी प्रतिष्ठानको जाँचबुचका लागि सचिव डा. अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री देउवाले उक्त प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस