काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन्।
मङ्गलवार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनले बुधवार मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
यसअघि गृहमन्त्री बालकृष्ण खाँडले पनि कार्यभार सम्हालेका थिए । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मङ्गलवार नै पदभार ग्रहण गरेका थिए ।