वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा


१७ असार २०७८, बिहिबार


काठमाडौँ । सरकारले कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा परेका डा. आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा. कृष्ण प्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस