मन्त्रिमण्डल विस्तार हुँदै, यी हुन् सम्भावित मन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिमण्डल विस्तार हुँदै, यी हुन् सम्भावित मन्त्री


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हाल आफूसँगै राखेका सात वटा मन्त्रालयमा ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश कुमार पहारी, गृह मन्त्रीमा खगराज अधिकारी, कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वाला कुमारी शाह, वन तथा वातावरण मन्त्रीमा वनमा नारदमुनि राना, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज किशोर यादव, वन राज्यमन्त्रीमा आशा विक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बानियाँको राष्ट्रपति कार्यालयमा पठाइएको सिंहदरबार विशेष स्रोतले प्रशासनलाई बताएको छ । सपथ हुन्जेलसम्म यीमध्ये कतिपय नामहरु फेरबदल पनि हुन सक्ने ती स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले गृह, रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्रालयहरुआफैंले सम्हाल्दै आएका छन् ।

गत शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुर(राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस