युद्धले ध्वस्त बनाएको यमनको एक विद्यालयका नौ वर्षीय दृष्टिविहीन शिक्षक (भिडियो) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युद्धले ध्वस्त बनाएको यमनको एक विद्यालयका नौ वर्षीय दृष्टिविहीन शिक्षक (भिडियो)


१९ फाल्गुन २०७७, बुधबार


युद्धका कारण ध्वस्त यमनको एउटा विद्यालयमा दैनिक सयौँ विद्यार्थी अध्ययन गर्न आउँछन् । उक्त विद्यालयका शिक्षक कर्मचारीले जारी युद्धका कारण तलब पाउँदैनन् । जब कक्षा कोठामा शिक्षक आउँदैनन् ती ९ वर्षीय दृष्टिविहीन बालक अहमदले पढाउँछन् ।

सरकार र हुथी विद्रोहीबीच नजिकै युद्ध भइरहँदा नौ वर्षीय अहमद शिक्षक नआएका बेला कक्षा लिन्छन्। उनले आफूले सिकेका कुराहरूलाई सिकाउँछन् । अहमद जन्मजात दृष्टिविहीन बालक हुन् ।

अहमदले अध्ययन गर्ने र गराउने उक्त विद्यालयका ढोका, झ्याल र पर्खाल युद्धले ध्वस्त बनाइदिएको छ । त्यहाँका बालबालिकाहरूको चाहना नयाँ विद्यालय, नयाँ कुर्सी, ढोका, झ्याल कालोपाटी भएको कक्षाकोठा रहेको छ ।

जन्मजात दृष्टिविहीन अहमदले कक्षा लिने विद्यालयका शिक्षकहरूले तलब नपाए पनि सञ्चालन गरिराखेका छन्।

हुथी विद्रोहीले कब्जा गरेपछि सन् २०१६ मा उक्त विद्यालय बन्द भएको थियो । यमन सरकाले उनीहरूलाई धपाएपछि मात्रै विद्यालय सञ्चालनमा आएको थियो । जारी युद्धको आवाज विद्यालयबाटै सुनिन्छ । नौ वर्षीय बालक अहमद भन्छन्,जब यो आवाज सुन्छ, म मर्दै छु जस्तो लाग्छ ।

त्यहाँ अध्ययनरत बालबालिकाहरू डराइरहेका हुन्छन् । ती बालबालिकाहरू खतरा मोल्दै विद्यालय जान्छन्, खतरा मोल्दै घर फर्किन्छन् । युद्धको अन्त्य होस् भन्ने ती बालबालिकाहरूको चाहना रहेको छ । बीबीसी

हेर्नुस् भिडियो :

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस