फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ।

शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

सम्बन्धित समाचार : आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइयो, संसद् अधिवेशन आह्वान गर्ने सम्भावना

फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस