आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइयो, संसद् अधिवेशन आह्वान गर्ने सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइयो, संसद् अधिवेशन आह्वान गर्ने सम्भावना


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको हो । स्रोतका अनुसार बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो ।

ओली समूहको बुधवार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरिसकेको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस