स्थानीय पूर्वाधार विकास आयोजनाका लागि अधिकृतस्तरका ३४ अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय पूर्वाधार विकास आयोजनाका लागि अधिकृतस्तरका ३४ अस्थायी दरबन्दी स्वीकृत


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयहरूका लागि अधिकृतस्तरका ३४ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ १९ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ३४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालन हुने प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई ललितपुर एवम् सातै प्रदेशमा स्थापना हुने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयहरूका लागि दरबन्दी थपेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस