कर्मचारी सङ्घको अध्यक्षमा थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी सङ्घको अध्यक्षमा थापा


४ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्क थापाथली इकाईको हालै सम्पन्न एकता अधिवेशनले कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा वासु रिजाल, सचिवमा वेदनिधि९वि।एन।० सापकोटा, सहसचिवमा लुमणि खनाल, कोषाध्यक्षमा प्रकाश पोखरेल तथा सदस्यहरूमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टङ्क प्रसाद वाग्ले चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरूलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् सङ्घका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस