मुख्य सचिव वैरागीको पदभार ग्रहण आजै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्य सचिव वैरागीको पदभार ग्रहण आजै


१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । नव नियुक्त मुख्य सचिव शंकरदास बैरागीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

आज(बिहीबार) बिहान १० बजेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव नियुक्त गरेका वैरागीले अपराह्न ४ः३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । निवर्तमान मुख्यसचिव लोक दर्शन रेग्मीले पदबाट राजीनामा दिएसँगै सरकारले परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : नयाँ मुख्यसचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा

एक हातले राजीनामा बुझाएका तत्कालीन मुख्य सचिव रेग्मीले अर्को हातले बेलायतको राजदूत बनाउने निर्णय गराएसँगै २२ गते अनिवार्य अवकासमा जान लागेका बैरागीको मुख्य सचिवको बाटो खुलेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस