नयाँ मुख्यसचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा « प्रशासन
prasaLogo
१५ आश्विन २०७७, बिहीबार

नयाँ मुख्यसचिवमा शंकरदास बैरागी, रेग्मीले दिए राजीनामा


प्रकाशित मिति : 1 October, 2020 11:11 am

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ।

एक मन्त्रीका जानकारी अनुसार बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। उनले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन्।

मुख्यसचिव रेग्मीले कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गर्दै थिए । मुख्यसचिवका लागि शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण सापकोटालगायत दौडमा थिए।

सम्बन्धित समाचार : बालुवाटारमा मन्त्रिपरिषद् बैठक, मुख्यसचिव नियुक्तिबारे निर्णय हुन सक्ने

सम्बन्धित समाचार : मुख्यसचिवको दावेदारीमा अब घिमिरे र वैरागी

सम्बन्धित समाचार : को बन्ला मुख्यसचिव ?

प्रतिक्रिया दिनुहोस