रणमैदानमा उत्रन बाध्य नपार्न स्थानीय सेवा कर्मचारी मञ्चको चेतावनी ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रणमैदानमा उत्रन बाध्य नपार्न स्थानीय सेवा कर्मचारी मञ्चको चेतावनी !


३१ भाद्र २०७७, बुधबार


काठमाडौँ । स्थानीय सेवा कर्मचारी मञ्चले रण मैदानमा उत्रन बाध्य नपार्न चेतावनी दिएका छन् ।

असोज २४ गते हुने भनिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनमा मतदान गर्न नपाउने प्रमुख निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा आपत्ति जनाउँदै उत्तेजित बनाउन र सहनशीलताको बाँधलाई तोड्दै रण मैदानमा उत्रन बाध्य नपार्न भनेका हुन् ।

‘स्थानीय तहका कर्मचारीहरूलाई मूल प्रवाहबाट धकेल्ने, विभेद गर्ने, बहिष्करण गर्ने, वर्गीय विभाजन गर्ने, हेप्ने, हेलाँ गर्ने लगायतका अमर्यादित, हेय पूर्ण गतिविधिहरू र धारणाहरू अविलम्ब बन्द गरियोस्’ मञ्चद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई उत्तेजित बनाउन र धैर्य तथा सहनशीलताको बाँधलाई तोड्दै रण मैदानमा उत्रन बाध्य नपारियोस् ।’

निजामती कर्मचारीसरह नै आफूहरू पनि लोक सेवा पास गरेर आएकोले स्थानीय सेवाका कर्मचारीलाई मतदान गर्नबाट वञ्चित हुन नहुने उनीहरूको भनाई छ ।

हेर्नुस् विज्ञप्ति 

Tags :
प्रतिक्रिया दिनुहोस