हत्याको आरोपमा दुई जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

हत्याको आरोपमा दुई जना पक्राउ


७ भाद्र २०७७, आइतबार


घुससहित रंगेहात पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस