गृह प्रवक्ताको जिम्मेवारी बुढालाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृह प्रवक्ताको जिम्मेवारी बुढालाई


१७ श्रावण २०७७, शनिबार


काठमाडौँ । गृह मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ ।

मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रूपमा रहेका बुढालाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो । शान्ति सुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रही आएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्ति सुरक्षा महाशाखा रिक्त रहँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस