सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित


२७ पुस २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहेको छ । उपसभामुख तुम्बाहाम्फेले राजीनामा अस्वीकार गर्दै आएकी छन् ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो निर्देशन दिइएको थियो । तर तुम्बाहाम्फेले आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी छन् ।

र,

बालुवाटार बोलाएर उपसभामुखलाई नेकपा सचिवालयको निर्णय सुनाइयो, पत्र दिइएन

शिवमाया बालुवाटार पुगिन्

उपसभामुख तुम्बाहाङ्फेको अडानपछि अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा

राजीनामा दिन्न ! उपसभामुख तुम्बाहाङ्फे

उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस