उपसभामुख तुम्बाहाङ्फेको अडानपछि अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसभामुख तुम्बाहाङ्फेको अडानपछि अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा


२७ पुस २०७६, आइतबार


काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिन नमानेपछि प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बसेका छन्।

तुम्बाहाम्फेको अडानपछि अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीले अहिलेसम्म आफूलाई राजीनामा दिन औपचारिक पत्र नपठाएको तुम्बाहाङ्फेले बताएकी छन् । उनलाई अध्यक्ष या महासचिवमार्फत पत्र पठाउने तयारी गरेपछि शिवमायाको नयाँ शर्त थपिएको छ।

उनले उनले आफूबाहेक अन्य व्यक्तिलाई सभामुखमा उम्मेदवार चयन गरिए आफूलाई हटाउनु पर्नाको कारण पनि उल्लेख गरिनुपर्ने अडान अघि सारेकी छन् ।

तुम्बाहाङ्फेले आज दिउँसो १ बजेका लागि बोलाएको संसद बैठक आफैंले सञ्चालन गर्ने र पहिले तय भइसकेको सम्भावित कार्य सूचीमै रहेर प्रक्रिया अगाडी बढाउने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस