शिवमाया बालुवाटार पुगिन् « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिवमाया बालुवाटार पुगिन्


२७ पुस २०७६, आइतबार


काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन् । नेकपा सचिवालयले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गरेकी उनी नेकपा नेताहरुले बोलाएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

नेकपाका शीर्ष नेताहरुले बोलाएपछि उपसभामुख तुम्बाहाम्फे आइतबार साढे ११ बजेतिर बालुवाटार प्रवेश गरेकी हुन् ।

शिवमाया बालुवाटारमा पुग्दा त्यहाँ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सँगै महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु पनि बालुवाटारमै थिए ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई आफ्नो पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको आग्रह गरेको थियो ।

उनले सचिवालयको निर्णयलाई अस्वीकार गर्दै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी थिइन् ।

पार्टीको निर्णयलाई नमान्दा शिवमायालाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसक्दा पुस ४ गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आइरहेको छ ।

उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दै आएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस