बालुवाटार बोलाएर उपसभामुखलाई नेकपा सचिवालयको निर्णय सुनाइयो, पत्र दिइएन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालुवाटार बोलाएर उपसभामुखलाई नेकपा सचिवालयको निर्णय सुनाइयो, पत्र दिइएन


२७ पुस २०७६, आइतबार


काठमाडौं । प्रतिनिधिसभा सञ्चालनको तयारी गरेकी उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णय आधिकारिक रुपमा जानकारी गराइएको छ ।

नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा सचिवालयको निर्णयबारे जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

तर निर्णयको पत्र भने उपसभामुख तुम्वाहाङ्फेलाई नदिइएको बालुवाटारस्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस