राजीनामा दिन्न ! उपसभामुख तुम्बाहाङ्फे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजीनामा दिन्न ! उपसभामुख तुम्बाहाङ्फे


२६ पुस २०७६, शनिबार


काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा नदिने बताएकी छिन् ।

नेकपा सचिवालयले राजीनामा गर्न लगाउने निर्णयलगत्तै उपसभामुख तुम्बाहाङ्फेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने बताउँदै नेताहरुसँग कुरा बाँकी नै रहेको बताएकी हुन् ।

शनिबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ भने उपसभामुख तुम्बाहाङफेसमेत सभामुखको दाबेदार हुन्। उनले सभामुखका लागि आफू सक्षम भएको बताउँदै आएकी छिन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानका कारण उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस