सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए पदबाट राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए पदबाट राजीनामा


२४ कार्तिक २०७६, आइतबार


धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको हो । ‘म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ’ राज्यमन्त्री रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस