प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बेलुका ५ बजेका लागि बैठक बोलाएका हुन् ।

आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेत बेखबर छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा केही दिनयता समस्या आएको छ। मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए। आज दिउँसोको मन्त्रिपरिषद् बैठकअघि पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परिक्षण गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस