२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरे हुन्छ, नपत्याए हेनुहोस्(फोटो फिचर)

अ+ अ-

काठमाडौँ । गरे के हुँदैन र ? यदि तपाइसँग दृढ इच्छाशक्ति छ भने कुनै पनि काम गर्नबाट कसैले रोक्दैन ।

न बजेट, न त वार्षिक कार्य योजनामा नै राखिएको छ तर पनि गर्नै पर्छ भनेर लागेपछि सिंहदरवारभित्रको बन्जड भूमि यति बेला बगैँचामा परिणत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्त्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित ‘सिंहदरवार परिसर अनुगमन समिति’ को संयोजनमा सिंहदरवारमा सञ्चालित वृहत् सरसफाइ अभियान पछि सिंहदरवार परिसर सफा, हरियाली र व्यवस्थित बन्दै गएको हो ।

निरन्तर दुई महिनासम्म बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म खटेको समितिका सदस्यहरूले सिंहदरवार परिसरमा कार्यरत सेना, प्रहरी, सशस्त्र तथा मन्त्रालयकै कर्मचारीहरूबाट जताततै थन्क्याएर राखेका करोडौँ मूल्यका सवारी साधन व्यवस्थापन मात्रै गरेन कि ट्याङकरबाट कार्यालयसमेत पखाल्ने काम गर्‍यो ।

सम्बन्धित समाचार  : सिंहदरवारमा एकीकृत सफाइ

देशका मन्त्री सचिव बस्ने मन्त्रालयहरूबाट पाथीका पाथी धुलो-मैलो पखालियो । मन्त्रालय टल्काउने कामसँगै मनलाग्दी थुपारेका सयौँ पिप्पर फोहोर उठाइयो ।

सम्बन्धित समाचार : सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर)

प्रधानमन्त्री के पी शर्मा ओलीको ‘सदुपयोगको सिद्धान्त’ अनुसार झार, झाडी र अनावश्यक भग्नावशेषले ओगटेको जमिनलाई डोजरले सम्याउँदै बगैँचा बनाइयो र फलफुलका बिरुवाहरू रोपियो । निरन्तरको स्याहार सुसारपछि यति बेला फलफुलका बिरुवा फुल्न थालेका छन् ।

गृह मन्त्रालय पछाडिको यो ठाउँ हेर्नुहोस् त ?

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

अनि शिक्षा मन्त्रालय र महिला विकास मन्त्रालयको बिच भागमा रहेको यो ठाउँ पनि हेर्नुहोस् त ।

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

यी त केही प्रतिनिधि स्थानहरुमात्रै हुन् जसले गरे हुन्छ भन्ने सन्देश मात्रै दिएका छैनन् ‘देखाउनै लागि’ गरियो भन्नेलाईसमेत ‘गर्नकै लागि’ हो भन्ने जवाफसमेत दिएका छन् ।

एक व्यक्ति एक फलफुलको बोट अभियान अन्तर्गत देशभर लाखौँ बोटबिरुवाहरू रोपिएका छन् । चालू आर्थिक वर्षमा देशभर रोपिएका २८ लाख बढी बिरुवामध्ये त्यसको आधा मात्रै जोगाउन सक्ने हो र हरेक वर्ष अभियानलाई निरन्तरता दिने हो भने फलफुलै फलफुलको देश बनाउन धेरै समय कुर्नुपर्ने छैन ।