२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा : वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. मध्य युरोपेली राष्ट्र स्लोभाकियामा पहिलोपटक राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?
– जुजाना क्यापुटोभा (सन् २०१९ मार्च)

२. भारतद्वारा पहिलो भू–उपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण कहिले गरियो ?
–सन् २०१९ मार्च २७

३. हाल नेपालमा आउने वैेदेशीक लगानीको अनुपात प्रतिव्यक्ति कति रहेको छ ?
– दुई डलर (भारतमा प्रतिव्यक्ति ३३ र चीनमा १०० डलर रहेको छ ।)

४. लेप्चा संग्रहालयको स्थापना कहाँ गरिने भएको छ ?
– इलाम

५. नेपालमा हाल आरोहणका लागि खुला गरिएको हिमालको संख्या कति छ ?
– ४१५

६. ताल र हिमनदी विशेषज्ञ भनी चिनिने नेपाली को हुन् ?
– डा. रिजनभक्त कायस्थ

७. नेपाल र टोगोबीच कुटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१९ मार्च २२ (नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने टोगो १६४ औं राष्ट्र हो ।)

८. काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामकरण गरेको छ ?
– नुर सुल्तान (सन्२०१९ मार्च २३ मा राजधानी अस्तानाको नाम परिवर्तन गरी नुर सुल्तान बनाइएको हो ।)

९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता गर्ने घोषणा कहिले गरिएको हो ?
– सन् २०१८ डिसेम्बर १९

१०. बेलायती प्रधानमन्त्री थेरेसा मे द्वारा बेलायत ईयूबाट बिना कुनै सम्झौता बाहिरिने विषयमा पेस गरिएको प्रस्ताव हाउस अफ कमन्सबाट तेस्रोपल्ट कहिले अस्वीकृत भएको हो ?
– सन् २०१९ मार्च २९ (ब्रेक्जिटबारे आफ्नो पुरानो सम्झौता संसदबाट पारित गराउने प्रयासस्वरुप मार्च २९ मा गराइएको मतदानमा ईयूसँग बिनासम्र्झाता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ जना सांसदद्वारा अस्वीकृत भएको । प्रस्तावको पक्षमा ३८६ मत मात्र परेको ।
–ईयूसँगको सहमितबमोजिम यही मार्च २९ देखि बेलायत ईयूबाट बाहिरिनुपर्थ्यो तर प्रधानमन्त्री मे ले तग साता बहिर्गमन मिति बढाउन युरोपेली नेताहरु समक्ष आग्रह गरेकाले सो समयावधि अप्रिल १२ सम्म लम्बाइएको ।)

११. आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेश गरिने भएको छ ?
– ३५

१२. चैतेलो पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?
– सुदूरपश्चिम

१३. नेपाल इनभेस्टमेन्ट समिटक–२०१९ को आयोजना कहिले गरियो ?
–वि.स. २०७५ चैत्र १५ र १६

१३ नेपाल टेलिकमद्वारा फोर्थ जेनेरेसन सेवा कहिलेदेखि सुरु गरिएको हो ?
–वि.स.२०७३ पुष १७

१४. अमेरिकास्थित केबल न्युज नेटवर्कद्वारा प्रदान गरिने सीएनएन हिरो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– अनुराधा कोइराला (सन्२०१०)

१५. युवा वर्ष मोति पुरस्कार २०७५ बाट सम्मानित हुने स्रस्टा को हुन् ?
– केशव सिग्देल र चन्द्र रानाहछा

१६. नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो इराकी नागरिक को हुन् ?
– नदिया मुराद (२०१८)

१७. बराबर क्षेत्रफल भएका नेपालका दुई जिल्ला कुन–कुन् हुन् ?
–रामेछाप र तनहुँ १५४६ वर्ग किमि, बर्दिया र डोटी २०२५ वर्ग किमि

१८. हरियो साइकलका लेखक गोविन्द वर्तमान हुुन् भने हरियो राहदानीका लेखक को हुन् ?
– युवराज नयाँघरे

१९. नेपाल टेलिभिजनद्वारा साप्ताहिकरुपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?
– २०७५ असोज ६ गते

२०. बराबर क्षेत्रफल भएका नगरपालिका बनेपा र धुलिखेल(५५वर्ग किमि) हुन भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन् हुन् ?
– चम्पादेवी र चिशङ्खुगढी गाउँपालिका (१२६.९१ वर्ग किमि)

२१. नेपाली साहित्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा सिर्जित महाकाव्य कुन हो ?
– आरोहण (विमोचन २०७५ मंसिर १५)

२२. मुलुकी देवानी संहीता ऐन, २०७४ अनुसार कति वर्ष उमेर पूरा नगरेको बालबालिकालाई नाबालक मानिन्छ ?
– १८ वर्ष

२३. नेपाल राष्ट्रबैंकद्वारा हाल खरिद र विक्रीको सुविधा प्रदान गरिएका विदेशी मुद्राको सङ्ख्या कति रहको छ ?
– २१

२४. पेपर गोल्ड मुद्रासँग सम्बन्धित छ भने ग्रिन गोल्ड के सँग समबन्धित छ ?
– चिया

२५. नेपालमा कुन अवधिलाई वन दशकका रुपमा घोषणा गरिएको छ ?
–वि.स. २०७१–२०८०

२६. नेपाल सरकारले राष्ट्रिय किसान आयोगको गठन गर्ने निर्णय कहिले गरे को हो ?
– वि.स. २०७३ माघ ६

२७. सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री बनेका नेता को हुन् ?
– महाथिर माहम्मद (मलेसिया)

२८.कोप–२४ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१८ डिसेम्बर २–१४, पोल्यान्डको कोटोविस (कोप–२५ सन् २०१९ मा चिलिमा आयोजना हुने ।)

गोरखापत्र 
प्रतिक्रिया दिनुहोस