प्रधानमन्त्री कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७५, शनिबार


सचिव

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशका मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

हिउँदयाममा शीतलहर र हिमपातजस्ता प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सातै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले सम्भावित क्षति घटाउन अपनाउनुपर्ने तयारीबारे ध्यानाकर्षण गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हिउँदमा तराईका जिल्लाहरूमा शीतलहर र हिमाली भागमा हिमपातजस्ता प्राृकतिक प्रकोपका साथै डढेलो एवं आगलागीका घटना हुने गरेकोले आइपर्ने विपद न्यूनीकरणको पूर्वतयारीमा जुट्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार प्राकृतिक विपदबाट हुनसक्ने मानवीय र गैरमानवीय क्षति न्यूनीकरण गरी प्रभावित क्षेत्रमा जनतालाई तत्काल उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि तयारी अवस्थामा रहन लिखितरुपमै ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा उप प्रधानमन्त्री एवं रक्षा मन्त्री गृह मन्त्री, माननीय वन तथा वातावरण मन्त्री, प्रधानमन्त्री ज्यूका प्रमुख सल्लाहकार, प्रधान सेनापति, रक्षा सचिव, गृह सचिव, वन सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव, प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुखलगाएतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस