सच्चियो नाम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सच्चियो नाम


६ असार २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो वेबसाइटमा प्रवक्ताको नाम सच्चाएको छ । प्रशासन डट कमले वेबसाइटमा प्रवक्ताको नाम दुईथरि उल्लेख भएको समाचार प्रकाशन गरेपछि सतर्कता केन्द्रले नाम सच्चाएको हो ।

सतर्कता केन्द्रको वेबसाइटको गृहपृष्ठमा प्रवक्ताको नाम ‘बिष्णुराज लामिछाने’ उल्लेख थियो भने सम्पर्क ठेगानामा ‘बिष्णराज लामिछाने’ । खासमा प्रवक्ताको नाम विष्णुराज लामिछाने हो ।

यसअघि प्रवक्ता लामिछानेले वेबसाइट हेरेर नाम सच्चाउने बताएका थिए । ‘मलाई यसबारे जानकारी थिएन । तपाईँले भनेपछि मात्रै थाहा पाएँ,’ उनले भनेका थिएँ, ‘यसलाई तुरुन्तै सच्याउँछु ।’

पहिलेको :

अहिले सच्याइएको :

 

र यो पनि,
नामले झुक्याउला है !

Tags :
प्रतिक्रिया दिनुहोस