नामले झुक्याउला है ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नामले झुक्याउला है !


४ असार २०७५, सोमबार


काठमाडौं । कुनै पनि सरकारी कार्यालयमा कार्यरत कर्मचारीको विवरण खोज्न के गर्नुहुन्छ ? सहजै जवाफ आउँछ– कार्यालयमा फोन गर्ने वा त्यसको वेबसाइट हेर्ने ।

तर, राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ताको नाम खोज्न वेबसाइट हेर्नुभयो भने तपाईँ झुक्किनुहुन्छ । किनकि वेबसाइटमा प्रवक्ताको नाम दुई थरि लेखिएको छ । वेबसाइटको गृहपृष्ठमा ‘बिष्णुराज लामिछाने’ उल्लेख छ भने सम्पर्क ठेगानामा ‘बिष्णराज लामिछाने’ । खासमा त्यहाँका प्रवक्ताको नाम विष्णुराज लामिछाने हो ।

यो प्रतिनिधि उदाहरण मात्रै हो, सरकारी कार्यालयका वेबसाइट अपडेट गरिँदा हेलचेक्रयाइ गरिने पाइएको छ । यसले सेवाग्राही भुक्किने तथा उनीहरूमा गलत सूचना प्रवाह हुने गरेको छ । तर, यसतर्फ सरोकारवाला निकायले चासो दिएको पाइँदैन । बरु, उनीहरू यसलाई ‘प्राविधिक गल्ती’ भन्दै पन्छिने गरेका छन् ।

सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछाने केही महिनाअघि वेबसाइट अपडेट गरिँदा यो गल्ती भएको हुन सक्ने बताउँछन् । ‘तर, मलाई यसबारे जानकारी थिएन । तपाईँले भनेपछि मात्रै थाहा पाएँ,’ उनले भने,  ‘यसलाई तुरुन्तै सच्याउँछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस