राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गर्ने तयारी गरेकी छिन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् । ‘निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गर्नु आपत्तिजनक छ,’ उनले भने, ‘बैठक बसेर आयोगले त्यसबारे धारणा सार्वजनिक गर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन । राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस