२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढेसकालमा ढाड दुख्ने कारण अनि बच्ने उपाय

अ+ अ-

बुढेसकाल उसै पनि निरस र उदेक लाग्दो हुन्छ, त्यसैमाथि स्वास्थ्यमा देखिने बिभिन्न समस्याले झन् पीडादायी बनाइदिन्छ । बृद्धावस्थामा सबैभन्दा बढी दुःख दिने अर्थात सताउने गरेको समस्या होः ढाड दुख्ने समस्या । बुढेसकालमा किन धेरै ढाड दुख्छ ? कसरी यसबाट छुटकारा पाउन सकिन्छ ? अर्थात यो अवस्थामा ढाडको सुरक्षा कसरी गर्ने भन्ने बारेमा प्रशासन डटकमका लागि सिद्धराज उपाध्यायले दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसंग कुराकानी गरेका थिए । प्रस्तुत डा. सुनिलका केही टिप्सहरु:

उमेर ढल्केका व्यक्तिलाई हुने ढाडको दुखाइ र दुखाइको प्रकृति कस्तो हुन्छ ?

• सबैभन्दा बढी ढाडको दुखाइ बुढेसकालमा हुन्छ । त्यसपछि बयस्कहरुमा र सबैभन्दा कम ढाडको दुखाई बच्चाहरुमा हुन्छ । बच्चामा ढाड दुख्ने छुट्टैे कारण हुन्छ त्यस्तै बुढेसकालमा र बयस्कमा ढाड दुख्नुको छुट्टा छुट्टै कारणहरु छन् । खासगरी बुढेसकालमा हड्डी खिइदै गएर मासंपेशी कमजोर हुँदै गएर ढाड दुख्छ ।

• बुढेसकालमा प्रायःजसो व्यक्तिमा हड्डी खिइने हुँदाखेरी सबैभन्दा बढी ढाड दुखाइ बुढेसकालमा भएको हो । प्राकृतिक रुपमा नै बुढेसकालमा हड्डी खिइने क्रम बढी हुन्छ, त्यसमाथी मासंपेशी कमजोर हुँदै जान्छ, फिटनेशमा कमि आउछ, अनि यो उमेरमा ढाडको हड्डी अन्य ठाँउका हड्डी भन्दा अझै बढि खिइने हुँदा सानातिना काम गर्दा समेत मेरmदण्डका दुखाई सजिलै आउन सक्दछन् । त्यति मात्र होइन डाढ दुख्ने कारण ढाडको फिटनेशमा ध्यान नदिने अनि ढाडको बढी तथा जथाभावी प्रयोगले पनि हुनसक्छ, व्यायाम नगर्ने तथा बढि बसेर पनि हुन सक्छ । पोस्चुरल केयर नहुँदा अर्थात कसरी बस्ने, कसरी उठ्ने, कसरी निहुरिने, काम कस्तो पोजीशनमा गर्ने लगायतका कुराहरुमा ध्यान नदिँदा पनि ढाडका विभिन्न खाले समस्या आउनसक्छन् ।

वृद्धावस्था लागेका महिनावारी रोकिएका महिलाहरुले त विशेष ख्याल राख्नुपर्छ । भिटामीन ‘डी’ को शरीरमा कमि छ कि, क्याल्सीयमको कमि छ कि अथवा अस्टीयोपोरोसिस भन्ने हड्डि खोक्रो हुँदै जाने रोग छ कि, या त्यो रोग लाग्ने सम्भावना छ कि ? यी सबै कुरामा विचार पुर्याउनु पर्छ । होइन भने डक्टरकहाँ जादा धेरै ढिलो समेत भएको हुन सक्दछ । वास्तवमा भन्दा सबै प्रकारमा उमेर समुह र प्रकृति अनुसार दुखाईका कारणलाई फरक फरक तरिकाले पहिचान गरेर कारण अनुसार फरक फरक उपचार गर्नु पर्छ र वृद्यावस्थामा त एकदमै सचेत रहनुपर्दछ ।

बुढेसकालमा कसरी गर्ने त ढाडको सुरक्षा ?

♦ एक नम्वरः स्वास्थ्य जाँच

मान्छेले के सोच्छ भने अलिकता ढाड दुख्या न हो किन डाक्टरकोमा जाने ? दुई चार दिन पछि आफैं ठिक भइ हाल्छ नि ! नसा च्यापिएर भोलि ठुलै समस्या ननिम्तिएसम्म, थला नपरेसम्म डाक्टरकोमा नजाने बानी भएकाले पछि ठूलो समस्या झेल्नुपर्ने हुन्छ । समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न त्यति नै सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञ कहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । यदि रोग लागेमा सक्दो चाँडो उपचार गराउन गईहाल्नु पर्छ ।

वृद्धावस्थामा नियमित स्वास्थ्य जाँच गर्नैपर्छ । अन्य टेस्टका साथै स्वास्थ्य जाँचमा यो उमेरमा एक्सरे गर्न बिर्सनु हुन्न । एक्सरेमा हामीलाई शंका लागेमा बोन डेन्सीटि स्क्यान जसलाई हामी बोनडेन्सीयोमेट्रि भन्छौं, गर्न सकिन्छ । यस्ले हड्डी कति बलियो छ, कति कमजोर छ, हड्डी खोक्रो हुने अस्टिपोरोसिस भन्ने रोग लाग्ने सम्भावना छकि छैन ? कि लागिसकेको छ की ? आदि पत्ता लगाउन सकिन्छ ।

♦ दोस्रो नम्बरः निःशुल्क औषधीहरुको उपभोग सुरु गर्नुपर्छ ।

तपाईं सोच्नुहोला यो कस्तो औषधि ? वास्तवमा दुनियामा जति मेजर औषधीहरु छन् ती सबै फ्रि छन् । स्वच्छ पानी फ्रि नै छ । स्वच्छ हावा फ्रि नै छ । घाम पनि फ्रि अनि व्यायाम पनि फ्रि नै छ । अहिले शहरमा बस्ने हरेक पाँच व्यक्ति मध्ये चार व्यक्तिमा भिटामिन डी को कमि छ त्यस्को कारण घामको कमि नै हो । चाहे तपाई र म नै किन न हुँ । हाम्रो नेपालीको बानी हेर्नुहोस् त… दुर्दशा । निशुल्क औषधीलाई लिदै नलिने । त्यसको केही मतलवै छैन । डक्टरको भूमरिमा मात्रै परेका छौं हामी । डाक्टरले यस्तो चक्रव्युमा हालिदिन्छ हामी कहिले बाहिर निस्कनै सक्दैनौ ।

घाम ताप्दा घाम प्रत्यक्ष छालामा पार्नुपर्र्छ । जसले भिटामिन डि दिन्छ । यसले शरीर भित्र हड्डीमा क्याल्सियम लुकाइराख्न मद्दत गर्छ ।

♦ तेस्रो नम्बरः व्यायाम तथा खानपिन

बुढेसकाल भनेको पनि एउटा नयाँ पिरियड हो । जीन्दगीमा थुप्रै काम गरियो अब बुढेसकालमा बसेर खाने हो भन्ने जुन हामी नेपालीको धारणा छ त्यसलाई परिवर्तन गर्नै पर्छ । बुढेसकाल भनेको सक्रिय रहने उमेर हो । जो सक्रिय छ उ नै स्वस्थ छ । त्यसैले बुढेसकालमा पनि सक्रिय रहनै पर्छ ।

व्यायाम गरिरहने अनि सक्रिय रहिरहनु महत्वपूर्ण छ । जत्ति नै क्याल्सियम खाउँ, जत्ति नै घाम तापौं, यदि शारीरिक व्यायाम भएन भने त्यो क्याल्सियम हड्डी भित्र रहिरहन सक्दैन । पिसावबाट शरीरबाट बाहिर जान सुरु हुन्छ । व्यायामले हड्डी, मांसपेशि तथा जोर्नि बलियो तथा लचिलो राख्छ । ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को बिकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

१. पसिना निकाल्ने जस्तै हिंड्ने, दौडने खाले व्यायाम,
२. तन्काउने खाले योग वा स्ट्रेचिंग खाले व्यायाम
३. शरीर तथा ढाड बलियो बनाउने खाले व्यायाम ।

यदि ढाड सम्वन्धि कुनै समस्या छ भने पहिला बिशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउदो तथा फाइदा दिने ढाडका व्यायाम गर्ने गर्नुपर्दछ ।

ढाडलाई स्वस्थ राख्न खानपिनमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ त्यस्तै ढाडका लागी पनि प्रशस्त पानी तथा प्रशस्त क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यसका साथै चिनि, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्दछ । पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमिले हड्डी खिइने हुनसक्दछ । साथै हड्डी खिइन रोक्ने खाले भिटामिन, सप्लिमेन्टको आदिको प्रयोग पनि गर्नसकिन्छ ।

♦ चौथो नम्बरः पोश्च्युरल केयर 

हामी नेपालीको संस्कृति के छ भने बस्ने–निहुरिने, बस्ने–निहुरिने वाहेक तेस्रो चिजै छैन । यस्लाई परिवर्तन गर्नैपर्छ । शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोश्चुरल केयर भनिन्छ । मेरmदण्ड अर्थात गर्दन, ढाड, कम्मरको दुखाईको उपचारमा यो भन्दा महत्वपूर्ण केहि पनि छैन ।
बस्दा तन्किएर सिधा नै बस्नुपर्दछ । सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यस्को साटो पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ ।
लामो समय बसिरहने वा उठिरहने गर्नु हुँदैन । कामको बिच बिचमा हरेक घण्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केहि तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ । माथिका यी बानीले हाम्रा ७० प्रतिशत ढाडका समस्या हटाउन सक्दछ ।

♦ पाँचौं नम्बरः थेरापी

थेरापी भनेको उपचार गर्ने नै हो । यो घाममा बसेर मालिस लिने हुन सक्छ, तातोले सेक्ने हुनसक्छ, व्यायाम हुनसक्छ वा विश्राम हुनसक्छ वा डक्टरलाई भेटेर उपयुक्त अन्य उपचार पनि लिन सकिन्छ ।

डा. सुनिल पौडेललाई तपाईले [email protected] मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्नहरु राख्न सक्नुहुन्छ ।

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?

1 Comment