राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७२/७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन आज प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा ५३ बमोजिम प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस