स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याऊ: माानव अधिकार आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबार नै भेरी अस्पतालको स्थलगत अनुगमन गरिसकेको छ...