भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

बिहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि सभापति देउवाले शुक्रबार विहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको देउवाको भनाइ छ । ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछ,’देउवाले लेखेका छन् ।

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस